काठमाडौं । सेयर लगानीकर्ताले आज साँझपछि नेपाल धितोपत्र बोर्ड घेराउ गरेका छन् ।
बोर्डका कर्मचारीको आन्दोलन जारी रहेको समयमा नै बोर्ड बैठक बसेको थियो । बोर्डमा बैठक बसेको समयमा लगानीकर्ता पनि कार्यालय घेराउन गर्न पुगको हुन् ।
बोर्डमा सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल, सिटी होटलका सञ्चालक तथा लगानीकर्ता तिलक कोइराला लगायत रहेका छन् ।
कार्यालय घेराउ गर्न पुगको अग्रवालले १८ वटा माग राखेको बताए । आफ्नो माग पुरा गर्ने आश्वासन दिएको र माग पुरा नगरे तिहारपछि ठूलो आन्दोलन गर्ने बताए ।
उनीहरु केही समय गेट बाहिर बसेर कार्यालय घेराउ गरेका थिए । केही समयपछि प्रहरीको सूरक्षा घेरा तोडेर कार्यालय भित्रै प्रवेश गरेका थिए ।
लगानीकर्ताले पुँजीबजार सुधार सुझाव कार्यदलले दिएको सुझाव तत्कालै कार्यान्वयन गर्न समेत माग गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्