काठमाडौं । वीर अस्पतालका लेखा अधिकृत ढुण्डी राज दाहाल १ लाख २० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत दाहालले बिभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरुलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा १ लाख २० हजार ८५० रुपैयाँ घुससहित आफ्नै कार्यकक्षबाट पक्राउ परेका हुन् ।
अख्तियारले उक्त नगद, एक थान मोबाइल सहित पक्राउ परेका उनको अनुसन्धान भइरहेको जनाइएको छ ।






प्रतिक्रिया दिनुहोस्