Skip to content

पाला बनाउन व्यस्त भक्तपुर तालाक्वका स्थानीय (तस्बिरहरू)

nabil bank

काठमाडौं । दशैं सकिसकेको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार लागि सकेको छ । तिहार लागेसँगै यतिबेला भक्तपुर तालाक्वका स्थानीयहरू माटोका पाला बनाउन व्यस्त देखिन्छ ।

अन्य दिनको तुलनामा तिहारको समयमा माटोको दियो, पालको माग धेरै हुनेहुँदा उनीहरू व्यस्त देखिएका हुन ।

दीपावलीका लागि तिहारमा हरेक घर घरमा दियो बालिने हुँदा पनि माटोको पाला माग अन्य समयमा भन्दा तिहारमा बढी हुने स्थानीय विनोदकुमार प्रजापतिले जानकारी दिए । बजारमा हिजो आज विभिन्न इलेक्ट्रनिक बत्तीहरूको बिक्री वितरण बढदै गएपनि माटोको पालाको माग पनि उस्तै रहेको उनले जानकारी दिए ।

काठमाडौं  र ललितपुरलगायत विभिन्न स्थानबाट तिहारमा पालाको माग हुने र सोही अनुसार पाला बनाउने गरेको उनको भनाइ छ । होलसेल मूल्य प्रतिगोटा दुई रुपैयाँ, साढे दुई रुपैयाँ र गुणस्तरअनुसार पालाको मूल्य फरक–फरक हुने गरेको उनले जानकारी दिए ।

                                                                            तस्बिरः नेपाल फोटो लाइब्रेरी 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime