काठमाडौं । सुन तस्करसँग मिलेर आपराधिक लाभ लिएको अभियोगमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

उनी विरुद्ध भन्सार छलेको र संगठित अपाराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० मा टेकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरी काफ्ले नेपाल प्रेसलाई जानकारी दिए ।

सीआईबीको टोलीले उनलाई हिजो काठमाडौंबाट पक्राउ गरेको थियो ।







प्रतिक्रिया दिनुहोस्