Skip to content

प्रधानमन्त्रीको नाममा चन्दा, आर्थिक सहयोग सङ्कलन भएको भन्दै प्रम कार्यालयले जनायो गम्भीर ध्यानाकर्षण

nabil
global ime

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीको नाम लिएर विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा, सहयोग रकम वा आर्थिक सहयोग सङ्कलन गरिरहेकोप्रति प्रधानमन्त्रीको कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्रीको कार्यलयले प्रधानमन्त्री तथा यस कार्यालयको तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई अनुमति नदिइएको र यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्ता कार्यको आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न अनुरोध गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै कार्यालय र प्रधानमन्त्रीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा यस्ता कार्यलाई कानूनी दायरामा ल्याउन तुरुन्त नजिकको स्थानीय प्रशासनरप्रहरी कार्यालय वा यस कार्यालयमा तत्काल जानकारी गराउन हुन अनुरोध गरेको छ ।

नेपालबाहिर बसी कसैले त्यस्तो अनाधिकृत गतिविधि गरेको सूचना वा जानकारी भएमा सम्बन्धित देशमा रहेको नेपाली नियोग वा यस कार्यालयमा जानकारी गराइदिन अनुरोध गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T