Skip to content

२४ सय ८८ प्रतिनिधिले विशेष महाधिवेशन माग्दै कांग्रेस कार्यवाहक सभापति खड्कालाई बुझाए हस्ताक्षर

काठमाडौं। नेपाली कांग्रेसका देशभरबाट संकलित २४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै गरेको हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका छन्।

उनले १४औं महाधिवेशनका कुल प्रतिनिधि संख्याको करिब ५३ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेको जानकारी दिए।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा हस्ताक्षर बुझाउँदै नेता घिमिरेले अहिलेको विषम परिस्थितिमा पार्टीलाई नयाँ गति र नयाँ दिशा दिन विशेष महाधिवेशन आह्वान गर्दै निवेदन दिइएको बताए।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima