काठमाडौं । जेनजीको नाममा धम्क्याउँदै हिडने अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौैको टोलीले शाहीलाई आज काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो ।
शाही आपराधिक गतिविधिमा संलग्न रहेको परिसरका सूचना अधिकारी पवन भट्टराईले बताए । उनीमाथि विभिन्न मुद्दाहरू दर्ता भएको पाइएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाही ठगी तथा बैंकिङ कसुरका फरार अभियुक्त समेत हुन् ।
शाहीको टोलीले नागरिक उड्ययन प्राधिकरण, बायुसेवा निगमदेखि अख्तियारको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापन पत्रको नाममा धम्क्याउने काम गरेका थिए । े
शाहीले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्