काठमाडौं । सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक दलको कोटाबाट नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलका अनुसार चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाइने भएको हो।
मन्त्री खरेलले ती सबै राजदूतलाई कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिइएको जानकारी दिएका छन्।
फिर्ता हुने राजदूतहरुमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनी शैल रुपाखेती, इजरायल धनप्रसाद पण्डित, मलेसिया डा. नेत्रप्रसाद तिमल्सिना, कतार रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका शनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिका लोकदर्शन रेग्मी, र जापान डा. दुर्गाबहादुर सुवेदी रहेका छन्।











प्रतिक्रिया दिनुहोस्