Skip to content
Prabhu

हिमालय ऊर्जा विकास कम्पनीको विद्युत बिक्रीबाट १८ करोड ३१ लाख आम्दानी

 

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले चालु आर्थिक वर्ष २०८०र८१ को त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । ९ महिनामा कम्पनी ११ करोड १५ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष २०७९र८० को तुलनामा नोक्सानी अझै बढेको छ । गत आर्थिक वर्ष कम्पनी ४ करोड ५० लाख रुपैयाँ नोक्सानमा रहेको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा पनि यस कम्पनीले घाटा व्यहोरेको छ ।

सो कम्पनीले ९ महिनामा १८ करोड ३१ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले १५ करोड ८४ लाख रुपैयाँको विद्युत बिक्री गरेको थियो । चैतसम्म आइपुग्दा कम्पनीको वित्तीय खर्च ८ करोड २८ लाखबाट घटेर २१ करोड ९८ लाख रुपैयाँ कायम भएको छ ।

यसको प्रशासनिक खर्च २ करोड २७ लाख रुपैयाँबाट बढेर ३ करोड १२ लाख पुगेको छ । कम्पनीको वित्तीय खर्च र प्रशासनिक खर्च धेरै हुँदा पनि कम्पनी घाटामा गएको हो । हाल हिमालय उmर्जाको चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ ।

यसको जगेडा कोष २८ करोड ७८ लाख रुपैयाँ ऋणात्मक छ । चैतमसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ २७ पैसा ऋणात्मक रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal