Skip to content

नेप्सेबाट सम्पर्क बिहीन भए भनिएका सीईओ चापागाई भेटिए र्याडिसन होटलमा !

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) का कर्मचारी तथा नेप्से कर्मचारी संघले विगत २५ दिनदेखि सम्पर्क बिहीन भयो भन्दै खोजिदिन आग्रह गरेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईं आज राजधानीको होटल र्याडिसनमा भेटिएका छन् ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आज आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा सीईओ चापागाईं उपस्थित भएका हुन् ।

यता नेप्सेका कर्मचारीले अध्यक्ष हेमन्त बस्यालसहित सीईओ चापागाईं विगत २५ दिनदेखि सम्पर्क बिहीन भएको भन्दै खोजिदिन आग्रह गर्दै आन्दोलन गरिरहेका छन् ।

अध्यक्ष र सीईओ विरुद्ध विभिन्न व्यक्तिगत तथा संस्थागत आरोप लगाउँदै आएका कर्मचारीले दुवै जनाको खोजी गर्न माग समेत गर्दै आएका छन् ।

आज एसोसिएसनले आयोजना गरेको कार्यक्रममा निकै सहज रुपमा प्रस्तुत भएका सीईओ चापागाईले पुँजी बजारमा बिश्वास, पारदर्शिता आवश्यक रहेको बताए । उनले पुँजी बजारलाई बलियो र पारदर्शी बनाउनु पर्ने आवश्यकता औल्याए ।

टुकुचा खोलाको किनार अर्थात नेप्सेबाट सम्पर्क बिहीन भएको आरोप लाग्दै आएका सीईओ चापागाईलाई कार्यक्रम स्थलमा भेट्दा अनुहारमा भने कुनै निरासाको संकेत थिएन ।

कार्यक्रमस्थलमा उपस्थित भएका उनले सबैसँगै सहज रुपमा आगामी चाड तिहार तथा छठ पर्वका लागि शुभकामना आदान प्रदान गरिरहेका थिए ।

निकै हसमुख रुपमा भेटिएका उनले अनौपचारीक रुपमा कुरा गर्दा आफु कानुनले दिएको अधिकार बाहेक कुनै काम नगर्ने उल्लेख गरे । उनले कर्मचारीको मागलाई पनि नकार्न नसक्ने उल्लेख गरे ।

नेप्सेमा कर्मचारीले आन्दोलन गरेको बोनसको बिषय अहिले अदालत पुगेको छ ।

आन्दोलनमा रहेका कर्मचारीले दुई दिनअघि सीईओ सम्पर्क बिहीन भएको भन्दै विज्ञप्ति जारी गरेका थिए । त्यही विज्ञप्तिको विरुद्ध हुने गरी आज अर्को विज्ञप्ति जारी गरेका छन् । आज अर्थ मन्त्रालयमा उजुरी दिएको भन्दै जारी गरेको विज्ञप्तिमा सीईओ चापागाई कार्यालयमा उपस्थित हुने स्वीकारिएको छ । ‘विज्ञप्तिमा भनिएको छ ‘बिहान सबेरै र राती लुकीलुकी कार्यालयमा हाजिर गरेका छन् ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima