काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भिषण आगलागी भएको छ ।
विमानस्थलको कार्गो टर्मिनलमा आगलागी भएपछि उडान प्रभावित भएका छन् । आगो लागेका कारण कालो धुवाँले ढाकेका कारण सबै उडानहरू स्थगित गरिएको छ ।
बंगलादेश नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले आगो करिब नियन्त्रणमा आएको बताएका छन् । आगलागी नियन्त्रणमा फायर फाइटरका ३५ युनिटले काम गरेको बंगलादेशको मिडिया डेली स्टारले उल्लेख गरेको छ ।
प्राधिकरणले सबै विमानहरू सुरक्षित रहेको र स्थिति नियन्त्रणमा नआएसम्म सबै अवतरण र उडानहरू निलम्बित गरिएको बताएको छ ।






प्रतिक्रिया दिनुहोस्