काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् । उनले अरुलाई नसके आफ्नो मात्रै भएपनि सम्पत्तिको अनुसन्धान गर्न आग्रह गरे ।
आज सम्पादकसँग भएको भेटमा ओलीले आफ्नो जलेको घरको कण कण अनुसन्धान गर्न आग्रह गरे ।
‘म सासद भएपछि मैले पाएको रकम मेरो बैंक खातामा छ’ ओलीले भने ‘मेरो खातामा २०, २५ लाख होला । त्यसको हिसाब गर्न आयोग चाहिँदैन । बैंकसँग स्टेटमेन्ट लिए हुन्छ ।
कम्पनीसँग विवरण मागे भयो, सेयर कहाँ कति छ भनेर हेरे भयो ।’ ओलीले विश्वभरीका सरकारलाई ओलीको कहाँ के छ भनेर विवरण माग्न समेत आग्रह गरे ।
भेटमा ओलीले बिचौलीया, कालोबजारी गर्नेहरुको समेत सम्पत्तिको छानविन गर्न आग्रह गरे ।






प्रतिक्रिया दिनुहोस्