काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बनाएको आयोगमा गएर लुरुलुरु बयान नदिने दाबी गरेका छन् । आज सम्पादकसँगको छलफलमा अध्यक्ष ओलीले आफूले सरकारले बनाएको समितिमा कुनै हालतमा बयान दिन नजाने दाबी गरेका छन् ।
‘केपी ओली कसकसले कहाँ-कहाँ आयोग बनाउँछन्, त्यहाँ लुरुलुरु गएर बयान दिँदैन’, उनले भने । यस्ता छानबिन आफ्ना लागि गृहमन्त्री भएको समयमा तीन दशक अघि पनि बनेको स्मरण गराए ।
छलफलमा ओलीले जेनजी आन्दोलनको समयमा (भदौ २३,२४ गते) पनि आफ्नो मोबाइल सिज भएको खुलासा गरेका छन् । ओलीले आफ्नो मोबाइल कसले सिज गर्यो भन्ने खुलासा गरेनन् । ‘प्रधानमन्त्रीको शपथसम्म मेरो मोबाइल सिज गरियो’ ओलीले भने, ‘प्रधानमन्त्रीले शपथ लिएपछि मात्रै मेरो हातमा मोबाइल परेको हो ।’






प्रतिक्रिया दिनुहोस्