काठमाडौं । मधेस प्रदेश सरकारले छठ पर्वका लागि थप एक दिन सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै कात्तिक ११ गते सार्वजनिक बिदा दिने जनाएको छ ।
यो सँगै कात्तिक ११ गते मधेश प्रदेशका सरकारी कार्यालय, विद्यालय लगायत निकायहरु बन्द रहनेछन् ।






प्रतिक्रिया दिनुहोस्