Skip to content

मन्त्रिपरिषद् विस्तारमा लाग्यो टुंगो, आज ४ जना मन्त्रीले शपथ लिँदै

nabil bank

काठमाडौं । जेनजी आन्दोलनबाट बनेको सरकारले आज पूर्णता पाउने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न चार जनालाई मन्त्रीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् ।

नयाँ मन्त्रीहरुमा डा. सुधा गौतम, खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ र बब्लु गुप्ता रहेका छन् ।

स्रोतका अनुसार डा. सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्या, खगेन्द्र सुनार श्रम तथा रोजगार, गणपतिलाल श्रेष्ठ पर्यटन, बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री बनाउने तयारी भएको छ । मन्त्री बन्न लागेका चार जनाको आजै शपथ खुवाउने तयारी रहेको बताइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime