Skip to content

३ महिनामा ४ हजार ९०० ले बनाए राहदानी, २ करोड २३ लाख राजस्व संकलन

झापा । यहाँस्थित जिल्ला प्रशासन कार्यालयबाट तीन महिनामा चार हजार ९०० ले राहदानी बनाएका छन् ।

गत साउनदेखि असोजसम्म राहदानी बनाएवापत २ करोड २३ लाख ८१ हजार राजस्व संकलन भएको छ । सोही अवधिमा २ हजार ६७६ ले वंशजको आधारमा नागरिकताको प्रमाणपत्र, १०४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता, १५ जनाले गैरआवासीय नागरिकता, तीन हजार ८५ जनालाई नागरिकताको प्रतिलिपी वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी डोरप्रसाद निरौलाका अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा सबै शीर्षकमा जम्मा २ करोड २७ लाख ४५ हजार राजस्व संकलन भएको छ।

उनले प्रशासनमा परेका उजुरीमध्ये अभद्र व्यवहार सम्बन्धीका ४०, वैदेशिक रोजगार ठगीका २३, नागरिकतासम्बन्धी पाँच, सवारी ज्यान क्षतिपूर्तिका सात, जुवाको एउटा मुद्दा फस्र्यौट भएको जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima