काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ६ अर्ब २५ करोड ५ लाख ५८ हजार रुपैयाँको विद्युतीय सवारी (ईभी) आयात भएको छ ।
असोज मसान्तसम्म २ हजार ६२० थान ईभी आयात हुँदा राज्यले ३ अर्ब ९१ करोड ६५ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार विभागका अनुसार नेपालमा चीन, भारत, थाइल्याण्ड, बेलायत, जर्मनी, दक्षिण कोरिया, अमेरिकाबाट ईभी आयात भएको छ ।
नेपालमा आयात हुने ईभीमा सबैभन्दा बढी चिनियाँ रहेका छन् । दोस्रो स्थानमा भारत रहेको छ । विभागका अनुसार नेपालमा चिनबाट १ हजार ९३७ इभी आयात भएको छ । चिनबाट ४ अर्ब ६२ करोड ४४ लाख ६१ हजार रुपैयाँको ईभी आयात हुँदा २ अर्ब ९३ करोड ३ लाख ९८ हजार रुपैयाँ राज्यले कर पाएको छ ।
यो अवधिमा थाइल्याण्डबाट २०१ वटा, बेलायतबाट १ थान, जर्मनीबाट ५ थान, कोरियाबाट २ थान र अमेरिकाबाट ११ थान ईभी आयात भएको छ ।
असोज मसान्तसम्म भारतबाट ९५ करोड ५४ लाख ३ हजार रुपैयाँको ४६३ वटा ईभी आयात भएको छ । जसबाट राज्यले ५३ करोड ३५ लाख ९४ हजार रुपैयाँ राज्यले कर पाएको छ ।
नेपालमा सबैभन्दा बढी ईभी ५१ देखि १० किलोवाटसम्मका ईभी १०९१ वटा आयात भएको छ । यस्तै ५१ किलोवाटसम्मका ५४२, १०१ देखि २०० किलोवाटसम्म ३०४ वटा ईभी आयात भएको छ ।







प्रतिक्रिया दिनुहोस्