Skip to content

मुस्ताङका उच्च हिमाली पदमार्गमा नजान आग्रह

nabil bank

मुस्ताङ । पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो ।

मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, ६ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने सम्भावना रहेको छ ।
हिमपात हुने सम्भावना भएसँगै उक्त क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime