काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता भएका छन् ।
गृहमन्त्रालयले पूर्वप्रधानमन्त्रीको हैसियतमा नेपालले पाएका सबै सुरक्षाकर्मी फिर्ता गरेको जनाइएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालविरुद्ध भ्रष्टाचारको मुद्धा लागेका कारण पूर्वप्रधानमन्त्रीको हैसियतमा रहेका सुरक्षाकर्मी फिर्ता गरिएको स्रोतको दाबी छ । हाल नेपालले सशस्त्र प्रहरीका १६ जना र नेपाल प्रहरीका २ जना सुरक्षाकर्मी पाइरहेका थिए ।
पतञ्जलि योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्धा दायर गरेको छ ।
मुद्धामा भएको थुनछेक बहसपछि नेपाल असार ११ गते विशेष अदालतमा ३५ लाख धरौटी तिरेर रिहा भएका छन् ।






प्रतिक्रिया दिनुहोस्