Skip to content

नारायणगढ–मुग्लिन सडक सञ्चालन

nabil
global ime

काठमाडौं । तुइन खोलामा पहिरो झर्न रोकिएकाले मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।

अविरल वर्षातका कारण शुक्रबार बिहानदेखि तुइन खोलामा ढुंगा खस्न थालेको थियो। ‘पुलनजिकै माथिबाट ढुंगाहरू झर्दा सवारी आवागमन अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ।

ढुंगाहरू झर्ने क्रम रोकिएकोले मेसिनको प्रयोग गरी पहिरो हटाउने कार्य भइरहेको छ। वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण सबैलाई हार्दिक अनुरोध गरिन्छ,’ सडक सुपरभाइजर ईश्वर क्षेत्रीले भनेका छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T