Skip to content

नर्सलाई बाइपास गर्दै सरकारसँग सहमति भएको भन्दै पोखरामा नर्सहरु आन्दोलित

काठमाडौं । पोखरामा नर्सहरुले आफूहरुलाई बाइपास गर्दै सरकारसँग सम्झौता भएको भन्दै आन्दोलत जारी राखेका छन् । पोखरा पृथ्वीचोकमा गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलनमा उत्रिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार भएको वार्तामा सहभागी स्वास्थ्यमन्त्री डा. सुधा शर्मा, सचिव डा. विकास देवकोटा, सरकारद्वारा गठित समितिका संयोजक डा. श्रीकृष्ण श्रेष्ठ, प्रवक्ता डा। प्रकाश बुढाथोकी, नर्सिङ संघकी अध्यक्ष, महासचिव, निजी मेडिकल कलेज, निजी अस्पतालका प्रतिनिधिहरूबिच नर्सहरुको समस्या समाधान गर्ने सहमति भएको हो । उक्त सहमतिमा असहमति जनाउँदै पोखराका नर्सहरु आन्दोलनमा उत्रिएका हुन् । मागहरुलाई उचित मूल्यांकन नगरी सम्झौता गरेको उनीहरुको आरोप छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima