काठमाडौं । ठमेल प्लाजा होटल एन्ड सुइटस् लिमिटेडले आइपीओ प्रस्तावसहित जेठ १९ गते ठमेल काठमाडौंमा विशेष साधारणसभा बोलाएको छ । सभामा कम्पनीले आइपीओ जारी प्रस्ताव पेस गर्नेछ ।
त्यसैगरी, हाल कायम सेयरधनीहरुलाई हकप्रद सेयर पनि निष्कासन गर्ने सम्बन्धमा छलफल हुनेछ । कम्पनीले सभा प्रयोजनका लागि जेठ १५ गते बुक क्लोज गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्