Skip to content

ट्यांकर चालकसहित ४ जना पक्राउ

बागमती । नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ अवैध रुपमा बिक्री गरिरहेको अवस्थामा ट्यांकर चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल आयल निगम अम्लेखगञ्जबाट नेपाल आयल निगम थानकोट काठमाडौँ जाँदै गरेको ना४ख ९३७७ नम्बरको पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरबाट मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित जयशिव शरणम् फ्यूल सेटर प्रालिमा अवैध रूपमा पट्रोल झिक्ने कार्य भइरहेको अवस्थामा ट्यांकर चालक तथा पेट्रोल पम्पमा काम गर्ने तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले तत्काल नाम, थर र ठेगाना नखुलाइएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । चारै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima