Skip to content

कांग्रेस बैठकः गगनको प्रस्ताव पुस १६ देखि महाधिवेशन गर्ने

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका पेस गरेका छन्। उनले १५ औं महाधिवेशन कार्यतालिका पेस गरेका हुन्।

महामन्त्री थापाले पुस १६ गतेदेखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गरेका छन्। यसअघि महामन्त्री थापाले विभिन्न मितिसहितको कार्यतालिका केन्द्रीय कार्यसम्पादन समितिमा पेस गरेका थिए।

तर सभापति शेरबहादुर देउवा पक्षका अधिकांश पदाधिकारी र पूर्वपदाधिकारी फागुन २१ को चुनावअघि महाधिवेशन गर्न नहुने अडानमा रहेका छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi