काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
आज नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले नेपाल सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा रकम सहयोग प्रदान गरे ।
दुवै कम्पनीको तर्फबाट अर्थमन्त्री रामेश्वर खनाललाई छुट्टाछुट्टै चेक हस्तान्तरण गरिएको हो ।
कोषमा आज प्राप्त हुन आएको रकमसहित जम्मा ७ करोड ५१ लाख ६० हजार ४३९ संकलन भएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिए ।







प्रतिक्रिया दिनुहोस्