Skip to content

नेपाल-भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको बैठकमा ७ बुँदे सहमति

nabil bank

काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको बैठक सम्पन्न भएको छ ।

नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव तथा भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सहअध्यक्षतामा कार्तिक १७ र १८ गते पोखरामा सम्पन्न भएको हो ।

बैठकमा दुवै देशबीचको विद्युत आदान–प्रदान, प्रसारण प्रणालीको सुदृढीकरण तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा विस्तृत छलफल भएको छ ।

बैठकमा विभिन्न ७ बुँदे सहमति भएको छ । जसमा चमेलिया–जौलजिवी २२० के.भी. डबल सर्किट प्रसारण लाइनको नेपाल र भारतले आ-आफ्नो तर्फको प्रसारण लाइनको तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन प्रस्तुत गरेको र संयुक्त प्राविधिक टोलिले दुवै देशको संयुक्त नोभेम्बर २०२५ भित्र तयार गर्ने सहमति भएको छ ।

दुवै देशबीच उक्त प्रशारण लाइन २०२७ डिसेम्बरसम्म सम्पन्न गर्ने गरी कार्य अगाडी बढाउने, नयाँ बुटवल- गोरखपुर ४०० के.भी. लाइनलाई अस्थायी रूपमा २२० के.भी.मा सञ्चालन गर्ने व्यवस्था मिलाउले। उक्त प्रसारण लाइन मार्फत विद्युत आयात-निर्यात क्षमताको सम्बन्धमा उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग थप बैठक १५ दिनभित्र गर्ने सहमति भएको छ ।

ढल्केवर – मुजफ्फरपुर र ढल्केवर – सितामढी लाइनमार्फत विद्युत आदान-प्रदान क्षमताको पुनर्मूल्यांकन भयो। जसअनुसार नेपालले नेपालबाट १,५०० मेगावाटसम्म विद्युत निर्यात र १,४०० मेगावाटसम्म आयात गर्न सक्ने क्षमता कायम भएको, निजगढ – मोतीहारी ४०० के.भी. डबल सर्किट लाइनको डिपीआर तयारीको लागि नेपालले आवश्यक प्राविधिक विवरण एक महिनाभित्र उपलब्ध गराउने र संयुक्त प्राविधिक टोलीले दुवै देशको संयुक्त डिपीआर तयार गर्ने,
लमही – लक्नउ ४०० के.भी. लाइनको नेपालतर्फको टर्मिनेशन बिन्दु लामाही वा कोहलपुर सम्बन्धी अन्तिम अध्ययन संयुक्त रूपमा गरी डिपीआर तयार गर्ने विषयमा सहमति भएको छ ।

यस्तै ढल्केवर – मुजफ्फरपुर ४०० के.भी. लाइनको रिकन्डक़टरिंगमा उच्च तापक्रम सहनसक्ने प्रविधि अपनाउने विषयमा डिपीआर तयारी अघि बढाउने, रक्सौल-परवानीपुर र रामनगर-गण्डक १३२ के.भी. लाइनहरूको क्षमता अभिवृद्धि गर्न यी लाइनहरूको कन्डक्टर उच्च तापक्रम सहनसक्ने प्रविधि कन्डक्टरले प्रतिस्थापन गर्न संयुक्त रुपमा अध्ययन गर्ने बिषयमा सहमति भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime