Skip to content

अमेरिकी राज्य भर्जिनियामा पहिलो पटक महिला गभर्नर निर्वाचित

काठमाडौं । अमेरिकी राज्य भर्जिनियामा डेमोक्र्याट पार्टीकी उम्मेदवार अबीगेल स्पानबर्गरले गभर्नरको चुनाव जितेर उक्त राज्यकी पहिलो महिला गभर्नर बनेकी हुन्। उनको प्रतिस्पर्धा रिपब्लिकन नेतृ विन्सम अर्ल–सियर्ससँग भएको थियो।

मतगणनाको सुरुदेखि नै उनी अग्रस्थानमा थिइन्। स्पानबर्गरको जितको पुष्टिचाहिँ मंगलबार राति मतदान सकिएपछि भएकोे थियो । स्पानबर्गर पूर्व सीआईए अधिकारी हुन् र तीनपटक अमेरिकी कांग्रेस सदस्य रहिसकेकी छिन्।

उनी आगामी वर्ष जनवरीमा पदभार ग्रहण गर्नेछिन् र भर्जिनियाकी पहिलो महिला गभर्नर बन्नेछिन्। यो पदमा यसअघि नै ७४ जना पुरुष रहिसकेका छन्।

स्पानबर्गरको प्रचार अभियान पूर्णरूपमा ट्रम्प विरोधी थियो। उनले भर्जिनियालाई ट्रम्प प्रशासनका नीतिहरूका कारण हुने क्षतिबाट जोगाइने प्रतिबद्धता जनाउँदै आएकी थिइन् । उनले भनेकी थिइन्, ‘म वासिङटनबाट आउने अव्यवस्थाबीच पनि भर्जिनियाको पक्षमा दृढ रूपमा उभिनेछु।’

उनकी प्रतिस्पर्धी सियर्सले आफैंलाई ट्रम्प समर्थकका रूपमा प्रस्तुत गर्ने प्रयास गरिन्, तर उनलाई पर्याप्त सहयोग वा वित्तीय सहायता प्राप्त भएन।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima