काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिएको छ ।
आयोगले बुधबार लामिछानेसँग नख्खु कारागारबाट सिंहदरबार ल्याएर करिब ७ घण्टासम्म बयान लिएको हो ।
जेनजी आन्दोलनको क्रममा लामिछाने नख्खु कारागारबाट बाहिरिएको घटनामा आयोगले लामिछानेसँग बयान लिएको हो । आयोगले नख्खु कारागारका प्रमुखसँग यसअघि नै बयान लिइसकेको छ । कारागार प्रमुखले आफुलाई जबर्जस्ति गरेर कागजमा हस्ताक्षर गराएको बयान दिएको बताइएको छ ।
लामिछाने कारगारबाट निस्किएपछि देशभरका कारागारबाट १४ हजार भन्दा बढी कैदी बन्दी भागेका थिए ।
पुर्पक्षका लागि नख्खु कारागार रहेका लामिछाने भदौ २४ मा बाहिर निस्किएका थिए । चौतर्फी आलोचना भएपछि भदौ २८ गते लामिछाने कारागार फर्किएका थिए ।






प्रतिक्रिया दिनुहोस्