Skip to content
Prabhu

बिहीबार नेप्से सामान्य अंकले वृद्धि, कारोबार रकम ४ अर्ब २३ करोड

 

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ मा पुगेको हो ।

आज ३१५ कम्पनीको ८२ लाख ८२ हजार ५ सय ५६ कित्ता सेयर किनबेच ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४ सय ३ रुपैयाँको कारोबार भएको छ । बिहीबार सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४३ करोड ९० लाख ५७ हजार ७ सय ३४ रुपैयाँ कारोबार भएको छ ।

आज १२२ कम्पनीको सेयर मूल्य बढ्दा १७६ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज ३ लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने मान्दु हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal