Skip to content

अर्थमन्त्री खनालको आश्वासनले ४८ दिनपछि काममा फर्किए सेबोनका कर्मचारी

nabil bank

काठमाडौं । धितोपत्र बोर्डका कर्मचारी कर्मचारी आन्दोलनको ४८ औं दिनमा काममा फर्किएका छन् ।

अर्थमन्त्री रामेश्वर खनालले कर्मचारीका माग अनुसार एक सातामा नियमावली संशोधन गर्ने आश्वासन दिएपछि ४८ दिनदेखि सुरु भएको विवाद समाधान भएको हो ।

बोर्डका एक कर्मचारीका अनुसार मन्त्री खनालले आफ्नो माग अनुसार एक साता भित्र नियमावली संशोधन गर्न आश्वासन दिएपछि आन्दोलन स्थगित गरेर काममा फर्किएको हो ।

अर्थ मन्त्रालयका राजस्व सचिवले असोज २ गते बोर्डलाई ‘धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २२, दफा ११६, विधायन ऐन, २०८१ को दफा १५, नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा, शर्तसम्बन्धी नियमावली, २०६८ को नियम १६७ विपरीत जारी भएका नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र नेपाल धितोपत्र वोर्ड कर्मचारी सुरक्षण कोष ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि, २०७५ तत्काल खारेज गर्ने’ भन्ने पत्र पठाए ।

कर्मचारीले असोज ७ गतेदेखि कर्मचारीले आफूले गरेका काममा जुनसुकै बेला अर्थ मन्त्रालयले प्रश्न उठाउने सक्ने, बनेका विनियमावली, निर्देशिका, कार्यविधि खारेज गर्न सक्ने भन्दै सेबोनलाई स्वायत्त निकाय बनाउनुपर्ने र असोज २ गतेको पत्र फिर्ता गर्नुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । मन्त्रीले चाहेको खण्डमा एक सातामा समाधान हुने विषयमा कर्मचारी ४८ औं दिनदेखि आन्दोलनमा थिए ।

कर्मचारीको आन्दोलनका कारण बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठ कार्यालयमा जान पाएका थिएनन् । अर्बौको सार्वजनिक निष्कासन ठप्प भएको छ । बोर्डबाट हुने सबै काम प्रभावित भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime