Skip to content

पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र नबनाउन: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुने धारणा राखेका छन्। कोषको आज बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताएकी हुन् ।
कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ। प्रधानमन्त्री कार्की पर्यटन मन्त्री पनि भएकाले उनले बैठकको अध्यक्षता गरेकी छिन् ।
उनले बैठकमा भनिन, ‘धार्मिक संस्थाका आफ्नै नियम र मूल्यहरू हुन्छन्। परम्परागत मान्यता र रीतिथितिहरू हुन्छन्। ती हाम्रा मौलिक संस्कृति हुन्। यी मूल्य मान्यताको जगेर्ना गर्नुपर्छ। संसारभरिका हिन्दुको आस्था जोडिएको ठाउँ हो पशुपतिनाथ। यस्तो संस्थामा पनि आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नु र राजनीतिको छायामा राख्न खोज्नु गलत हो। पशुपतिमा राजनीतिको छाया पर्न दिनुहुँदैन। दलीय कार्यकर्ताको भर्ती केन्द्र बनाउनु हुँदैन। यहाँ काम गर्ने मान्छे धार्मिक नै हुनुपर्छ। धार्मिक संस्थामा बसेर राजनीतिको आस्था बढाउनुपर्दैन। यहाँ धार्मिक आस्था बढाउने कार्य नै गर्नुपर्छ।’
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T