काठमाडौं । सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ। कम्पनीको ५ लाख ७७ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको २ लाख ३१ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ३ लाख ४६ हजार ५०० कित्ता सेयर गरी कुल ५ लाख ७७ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १७१ रुपैयाँ ७८ पैसादेखि ५१५ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोलि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ।






प्रतिक्रिया दिनुहोस्