Skip to content

नेपाल प्रहरीकाे नयाँ महानिरीक्षकमा कार्की नियुक्त

नेपाल प्रहरीले नयाँ महानिरीक्षक पाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षकदानबहादुर कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको छ। यो निर्णय कार्तिक २८ गतेदेखि लागू हुनेगरी गरिएको हो।

वर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ भने प्रहरी नियमावलीअनुसारको ३० वर्षे सेवा अवधि पूरा भएर कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएका छन्।

यससँगै दानबहादुर कार्की नेपाल प्रहरीको नयाँ नेतृत्वको रूपमा कार्यभार सम्हाल्ने छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima