Skip to content

मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त, सुरेन्द्रलाल कर्ण सिफारिस

सरकारले मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गर्दै सुरेन्द्रलाल कर्णलाई नयाँ प्रदेश प्रमुखका रूपमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

यो जानकारी सरकारका प्रवक्ता तथा सञ्चार र सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिएका हुन्।

भण्डारी **२०७९ साल फागुन महिनामा नेकपा (एमाले)को तर्फबाट मधेस प्रदेशकी प्रदेश प्रमुख बनेकी थिइन्।

अब राष्ट्रपतिले सो सिफारिस स्वीकृत गरेपछि सुरेन्द्रलाल कर्णले नयाँ प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima