काठमाडौं । नेपाल प्रहरीले लागुऔषध खैरो हेरोइन र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लागुऔषध खैरो हेरोइन ६.७३ ग्राम र नगद ७३ हजारसहित झापा घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–८ लामाबगर बस्ने ३३ वर्षीय शङ्कर राजवंशीलाई आज पक्राउ गरेको हो ।
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले रातको समयमा हिँडिरहेको अवस्थामा शरीर तथा कोठामा खानतलासीका क्रममा लागुऔषध र नगद फेला परेको जानकारी दिए । पक्राउ राजवंशीसँग प्रहरीले तीन थान मोबाइल बरामद गरेको छ ।
पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंबाट तीन पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त बालाजुबाट अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।






प्रतिक्रिया दिनुहोस्