Skip to content

ग्राहकको रोजाइमा हुन्डाई क्रेटा इभी

काठमाडौं । नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति रुचि बढ्दै गएको छ । अहिले ह्युन्डाई क्रेटा इभीले आफूलाई सबैभन्दा विश्वसनीय र उत्तम विकल्पको रूपमा स्थापित गरेको छ । यसले प्रदान गर्ने सम्पूर्ण सेवा, सुविधा र प्रदर्शनले ग्राहकलाई पूर्ण रूपमा सन्तुष्ट पार्न सक्छ।

क्रेटा इभीमा २०० मिमि को ग्राउन्ड क्लियरेन्स छ । यसले नेपालका गहना खाल्टा, पहाडी, हिमाली र ढलान भएका सडकमा पनि सजिलै सवारी गर्न सकिन्छ। यसको ४२.२ किलोवाट हावरको ब्याट्री क्षमताले ३०० किमि सम्मको दूरी नेपालको विविध भूभागमा पनि सहजै तय गर्न सक्छ। यो दूरी काठमाडौं देखि पोखरा वा अन्य शहरहरूसम्मको यात्राका लागि पूरै पर्याप्त छ।

क्रेटा इभीमा रजेनरेटिभ ब्रेकिंग प्याडल शिफ्टरको विशेष सुविधा छ । यो सुविधाले पहाडी ढलानहरूमा गाडी चलाउँदा गति नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । यसले गाडीको ब्रेक प्रणालीलाई सहयोग गर्छ । ब्याट्री चार्ज पनि बढाउँछ। नेपाल जस्तो पहाडी मुलुकमा यो सुविधा अत्यन्तै उपयोगी र जीवनरक्षक साबित हुने छ।

ह्युन्डाई नेपालले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्नका लागि ठूलो लगानी गरेको छ । यसको विस्तृत सेवा सञ्जाल, तालिम प्राप्त तक्निसियनहरू, जेनुइन स्पेयर पार्ट्सको सहज उपलब्धता र आधुनिक सुविधाहरूले ग्राहकहरूलाई मनको शान्ति र दीर्घकालीन विश्वास प्रदान गर्छ। इलेक्ट्रिक गाडीको लागि यस्तो विश्वसनीय सेवा सञ्जालको हुनु अत्यन्तै महत्त्वपूर्ण छ ।

ह्युन्डाई क्रेटा इभी नेपालमा उपलब्ध इलेक्ट्रिक कारहरूमध्ये सबैभन्दा विश्वसनीय, सुरक्षित र सुविधायुक्त विकल्प रहेको कम्पनीको दाबी छ । नेपाली सडक र जलवायुको लागि विशेष रूपमा डिजाइन गरिएका यसका फाइदाहरूले यसलाई अद्वितीय बनाएको कम्पनीले जनाएको छ । इलेक्ट्रिक कार किन्ने विचार भएको छ भने, क्रेटा इभी नै सबैभन्दा राम्रो छनोट हुन सक्छ। यसले दिइने उत्कृष्ट सेवा र सहयोगले तपाईंको यात्राहरूलाई सहज र आनन्ददायी बनाउँने कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima