Skip to content

एनपीएलको आजका लागि सबै टिकट बिक्री भइसक्यो, अनावश्यक भीड नगरौँः प्रहरी

काठमाडौं । नेपाल प्रिमियर लिग (एपीएल) दोस्रो संस्करणको आज हुने पहिलो खेलको सबै टिकट बिक्री भइसकेको छ ।

सबै टिकट बिक्री भएको भन्दै नेपाल प्रहरीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान वरपर अनावश्यक भिड नगर्न आग्रह गरेको छ ।

‘आज मिति २०८२ मंसिर १ गते कीर्तिपुरस्थित (टीयू) खेल मैदानमा हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको आजका सम्पूर्ण टिकटहरू सोल्ड आउट भइसकेको जानकारी प्राप्त भएकोले टिकट नभएका महानुभावहरू उक्त स्थान वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ’ सूचनामा भनिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima