Skip to content

आइएमई खल्तीको सिइओमा प्रविण रेग्मी नियुक्त

nabil bank

काठमाडौं । आइएमई खल्ती लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रविण रेग्मी नियुक्त भएका छन् । आइएमई डिजिटल सोलुसन  र खल्ती प्रालि गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्तीले सिइओको रुपमा प्रविण रेग्मीलाई नियुक्त गरेका गरेको हो।

सोमबार बसेको सञ्चालक समितीको ११औँ बैठकले रेग्मीलाई आगामी ४ वर्षको लागी आज देखि लागु हुने गरी नियुक्त गरेको छ। यसअघि आइएमई डिजिटल सोलुसनको सिइओका जिम्मेवारीमा कार्य गरेका रेग्मी मर्जर पश्चात आइएमई खल्तीको सञ्चालक समिति सदस्यका रूपमा थिए ।

उनको फिनटेक, बैंकिङ तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा डेढ दशकभन्दा बढीको अनुभव रहेको छ । डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक र सक्षम बनाउन उनले महत्वपूर्ण योगदान दिदै आएका छन् ।

बढदै गएको डिजिटल कारोवार र क्यासलेस तर्फ उन्मुख नेपाली अर्थतन्त्रको सवालमा रेग्मीले उल्लेख्य भूमिका निर्वाह गर्ने पनि कम्पनीले जनाएको छ । यस अघि सिईओको जिम्मेवारीमा रहेका विनय खड्का भने आफ्नो चार वर्षे कार्यकाल सकाएर विदा भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime