काठमाडौं । एमएडब्ल्यु पेट्रो प्रोडक्ट्स प्रालि, नेपालको लागि हिन्दुस्तान पेट्रोलियम कर्पोरेशन लिमिटेड (एचपीसीएल) को अधिकृत वितरक, आगामी सिजनका लागि नेपाल प्रिमियर लिग (एनपीएल) सँग विशेष साझेदारी गर्दै “अधिकृत ल्युब्रिकेन्ट पार्टनर” को रूपमा चयन गरिएकोघोषणा गरेको छ।
उक्त समझदारीपत्रमा टीयू क्रिकेट मैदानमा अंकुर खनाल, कार्यकारी निर्देशक; प्रियदर्शी राय, महाप्रबन्धक, एम.ए.डब्ल्यु इन्टरप्राइजेज प्रालि; तथा पारस खड्का, सचिव, नेपाल क्रिकेट संघ (क्यान) बीच हस्ताक्षर गरिएको हो।
यस साझेदारीले क्रिकेट तथा इन्जिन ल्युब्रिकेसनजस्ता प्रदर्शनमा आधारित दुई क्षेत्रलाई एकै मञ्चमा ल्याएको छ। निरन्तरता, धैर्य, शक्ति रसन्तुलनमा आधारित क्रिकेट खेल एचपी ल्युब्रिकेन्ट्सको ब्रान्ड दर्शन “पावर टु परफर्म” सँग घनिष्ठ रूपमा मेल खाने उल्लेख कार्यक्रममार्फतगरियो।
एमएडब्ल्यु पेट्रो प्रोडक्ट्सले नेपाल क्रिकेटको द्रुत विकासयात्रामा साथ दिन पाएकोमा खुसी व्यक्त गर्दै एनपीएललाई उदाउँदै आएकाप्रतिभाहरूलाई राष्ट्रिय पहिचान दिलाउने महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गरेको छ। एचपी ल्युब्रिकेन्ट्सले उच्च–गुणस्तरीय ल्युब्रिकेसनसमाधानमार्फत खेलाडीदेखि उपभोक्तासम्म सबैलाई प्रेरित गर्ने उद्देश्य राखेको बताइएको छ।
कार्यक्रमका प्रतिनिधिहरूले भने, “यो साझेदारी अनुशासन, उत्कृष्टता र निरन्तर उच्च प्रदर्शनमा हाम्रो साझा प्रतिबद्धताको प्रतिविम्ब हो।जस्तै एचपी ल्युब्रिकेन्ट्स इन्जिनलाई अधिकतम क्षमतामा सञ्चालन गर्न मद्दत गर्छ, त्यस्तै हामी मैदानमा आफ्नो सम्पूर्ण शक्ति दिँदै खेलनेखेलाडीहरूलाई समर्थन गर्न गर्व गर्छौं।”






प्रतिक्रिया दिनुहोस्