Skip to content

निफ्राले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

nabil bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयर धनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो।

बैंकको सातौँ वार्षिक साधारण सभा मंसिर २३ गते, मंगलबार, अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वट, बत्तिसपुतली, काठमाडौँमा हुँदै छ। उक्त सभा बिहान ९ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पुँजीको ६.३१५८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने, लेखा परीक्षक नियुक्त गर्ने, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi