Skip to content

राष्ट्र बैंकका गभर्नरको भन्दा डेपुटी गभर्नरको तलब भत्ता धेरै, सञ्चालकले कति बुझे ? 

nabil bank
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सञ्चालकहरूले २ करोड ३३ लाख ८४ हजार ९७९ रुपैयाँ तलब भत्ता लिएका छन् । जसमा गभर्नर भन्दा डेपुटी गभर्नर  तलब भत्ता धेरै देखिएको हो ।
गत आर्थिक वर्षमा २ जना गभर्नरले ६२ करोड ७० लाख ९०९ रुपैयाँ तलब भत्ता लिएका छन् । यस अवधिमा डेपुटी गभर्नर डा. निलम ढुङ्गानाले ६४ लाख ३८ हजार १३१ रुपैयाँ तलब तथा भत्ता बुझेकी छन् । उनले यस अवधिमा डा. ढुङ्गानाले तलब १४ लाख ६० हजार ४०० सय रुपैयाँ, बैठक भत्ता ३ लाख ६९ हजार र अन्य भत्ता तथा सुविधाहरू ४६ लाख ८ हजार ७३१ रुपैयाँ बुझेकी छन् ।
यस अवधिसम्म आउँदा हालका गभर्नर प्रा.डा. विश्वप्रसाद पौडेलले तलब र भत्ता गरेर ६ लाख ८३ हजार ६०६ रुपैयाँ बुझेका छन् । उनले २ महिनाको तलब २ लाख ५० हजार ६५ रुपैयाँ, बैठक भत्ता १ लाख १७ हजार, अन्य भत्ता तथा सुविधाहरू ३ लाख १६ हजार ५३८ रुपैयाँ बुझेका छन् । प्रा.डा पौडेल गत जेठको ६ गते गभर्नर  नियुक्त भएका थिए । उनले जेठ र असारमा उक्त तलब भत्ता बुझेका हुन् ।
यसैगरी, प्रा.डा. पौडेलभन्दा अगाडी निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले गत आर्थिक वर्षमा राष्ट्र बैंकबाट ५५ लाख ६७ हजार ३०६ रुपैयाँ तलब तथा भत्ता बुझेका छन् । यस अवधिमा अधिकारीले ११ लाख ८८ हजार ९०३ रुपैयाँ तलब बुझेका छन् ।
यसैगरी, बैठक भत्ता २ लाख ८८ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाहरू ४१ लाख १० हजार ४०३ रुपैयाँ बुझेको राष्ट्र बैंकले जनाएको छ ।  अधिकारीको गभर्नर पद २०८१ चैत २५ गते सकिएको थियो । २०८१ साउन देखी चैत २५ गतेसम्म उनले उक्त तलब तथा भत्ता लिएका हुन् ।
यसैगरी, अक्रा डेपुटी गभर्नर बमबहादुर मिश्रले गत आर्थिक वर्षमा ६१ लाख ८६ हजार १३९ हजार रुपैयाँ तलब भक्त बुझेका छन् , उनले तलब १४ लाख ६० हजार ४०० सय, बैठक भत्ता ३ लाख ७८ हजार र अन्य भत्ता तथा सुविधाहरू ४३ लाख ४७ हजार ७३९ रुपैयाँ बुझेका छन् । यसैगरी, एक वर्षमा राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीले बैठक भत्ता ४ लाख ३२ हजार र अन्य भत्ता तथा सुविधाहरू ८ लाख १९ हजार २८० रुपैयाँ बुझेका छन् ।
राष्ट्र बैंकका सञ्चालक शंखरप्रसाद आचार्यले बैठक भत्ता ३ लाख ८९ लाख र अन्य भत्ता तथा सुविधाहरू ८ लाख १३ हजार १२० रुपैयाँ बुझेका छन् भने सञ्चालक डा. रबिन्द्रप्रसाद पाण्डेले बैठक भत्ता ४ लाख १४ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाहरू ८ लाख ७१ हजार रुपैयाँ बुझेका छन् । राष्ट्र बैंकको सञ्चालकमा रहने अर्थसचिव मधुकुमार मरासिनीले बैठक भत्ता ३६ हजार अन्य भत्ता तथा सुविधाहरू ४२ हजार ५४८ रुपैयाँ बुझेको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, अक्रो अर्थ सचिव रामप्रसाद घिमिरेले बैठक भत्ता १ लाख ६२ हजार रुपैयाँ र अन्य भत्ता तथा सुविधाहरू १ लाख ८९ हजार ५३२ रुपैयाँ बुझेका छन् भने अक्रा अर्थ सचिव डा.घनश्याम उपाध्यायले बैठक भत्ता २ लाख २५ हजार र १ लाख १६ हजार ४० रुपैयाँ अन्य भत्ता तथा सुविधाहरू लिएका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime