Skip to content

सेयर बजारमा दोहोरो अंकको सुधार

nabil bank

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १५.७० अंकले बढेर परिसूचक २५६६.०७ बिन्दु कायम भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । २०७ कम्पनीको मूल्य बढ्दा ४४ कम्पनीको मूल्य घटेको छ । ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४५७ कित्ता सेयर ४ अर्ब १० करोड ५४ लाख ६ हजार १३४ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा सागर डिस्ट्रिलरी, माबिलुङ इनर्जी, भुगोल इनर्जी, झापा इनर्जी, बन्दिपुर केवलकारको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा साहश ऊर्जा पहिलो स्थानमा छ ।

कम्पनीको २२ करोड ९१ लाख ६६ हजार ९१६ रुपैयाँको कारोबार भएको छ । दोस्रो स्थानमा रहेको बरुण हाइड्रोपावर कम्पनीको १५ करोड ६८ लाख ६५ हजार ८२२ रुपैयाँको कारोबार भएको छ । तेस्रो स्थानमा रहेको माउन्टेन इनर्जीको १३ करोड ३१ लाख ७२ हजार ४५५ रुपैयाँको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime