Skip to content

आइएमई पेमार्फत रिफन्डेबल हवाई टिकट प्रयोग गर्नेको संख्या बढ्यो

काठमाडौं । डिजिटल वालेट आइएमई पे ले सञ्चालनमा ल्याएको रिफन्डेबल फिचरमार्फत आन्तरिक हवाई टिकट काट्नेको संख्या बढेको छ।

सहज फिचर सँगसँगै प्रयोगकर्ताहरूले कल तथा इमेलमार्फत् पाउने ग्राहकमैत्री सेवा र तत्कालै हुने रिफन्डले गर्दा आइएमई पे ले उपलब्ध गराएको यो सेवामा ग्राहकको संख्या बढेको कम्पनीको भनाइ छ।

आइएमई पे एपमार्फत प्रयोगकर्ताहरूले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट काट्दा आन्तरिक हवाई टिकटमा क्यास ब्याक, रिवार्ड पोइन्ट र टिकट–रिफन्डेबल फिचर पनि पाउन सक्छन्।

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक हवाई टिकटमा टिकट रिफन्डेबल फिचर प्रवर्द्धन भएको १ वर्षको अवधिमै प्रयोगकर्ताहरूको बढ्दो संख्याले सेवाहरू थप्न कम्पनी उत्साहित भएको बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima