Skip to content

जेनजी आन्दोलनमा झापामा लुटिएका हतियार पाँचथरको ओडारमा

nabil bank
फाइल फोटो

झापा । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा दमक इलाका प्रहरी कार्यालयबाट लुटिएका दुई थान हतियार पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेस्थित जङ्गलको ओडारमा फेला परेका छन् ।

०३११०२७३९ सिरियल नम्बरको एक थान इन्सास राइफल र ६२०३८ सिरियल नम्बरको एक थान थ्रिनटथ्री राइफल भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालयमा आगजनी र लुटपाट गरेर फरार रहेका मिक्लाजुङ–३ का २२ वर्षीय सुशील फियाक लिम्बूलाई प्रहरीले मङ्गलबार दमक–२ बाट पक्राउ गरेको थियो । लिम्बूकै बयानका आधारमा पाँचथर प्रहरीसँग समन्वय गरी हतियार बरामद गरिएको हो ।

बरामद हतियारसँगै इन्सास राइफलको जङ्गी राउन्ड एक थान र एसएलआरको जङ्गी राउन्ड तीन थान प्रहरीले बरामद गरेको जनाएको छ । पक्राउ परेका लिम्बूलाई हातहतियार तथा खरखजाना कसुरमा थप अनुसन्धान भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime