Skip to content

दुई हप्ता भित्रै राहदानी सेवा सरल हुन्छः राहदानी विभाग

nabil bank

काठमाडौं । राहदानी विभागले एक दुई हप्तामा राहदानी सेवा सरल हुने जानकारी गराएको छ ।

विभागले आज साँझ सार्वजनिक सूचना जारी गरी अन्तरिम व्यवस्थापनका लागि विभागलगायत सम्बन्धित सबै निकायबाट प्रयास हुन गई सम्झौताको चरणमा पुगेको र अबको १–२ हप्तामै सेवा सरल हुने स्पष्ट पारेको छ ।

हालैका दिनहरूमा अन्तरिम व्यवस्थापनस्वरूप राहदानी वितरणमा केही कटौती गर्नुपरेको विभागले बताएको छ ।

विभागले राहदानी बनाउन विभागमा आउने सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई रकम ठगी गर्न खोज्ने प्रवृत्ति देखापरेको र हालसम्म ठगीमा संलग्न शङ्कास्पद १५ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीमा पठाइएको पनि जानकारी दिएको छ ।

विभागले भनेको छ, “यसप्रकार कुनै पनि बहानामा हुनसक्ने ठगी प्रति सचेत रहन र कुनै शङ्कास्पद गतिविधि गरेको पाइएमा देहायको कुनै माध्यमबाट सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ ।” सेवाग्राहीहरूलाई सरल, सहज र छिटो सेवा प्रवाह गर्न एवं राहदानीसम्बन्धी समस्याको तत्काल समाधान गर्न तयार रहेकोसमेत विभागले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime