Skip to content

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणविरुद्धको रिटमा सुनुवाई सकियो

nabil bank

काठमाडौं । दुर्गा प्रसाईंलाई थुनामा राखेको विरुद्ध उनका छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई सकिएको छ ।

उक्त रिटको पेशी आन न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा थियो । उक्त रिटमा सुनुवाई सकिएको छ । आदेश भने आउँन बाँकी छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी प्रधान कार्यालय नक्साल, गृह मन्त्रालय सिंहदरबार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई रिटमा विपक्षी बनाइएको छ ।

प्रसाईलाई सोमबार राति प्रहरीले भक्तपुरस्थित निजी निवासबाट पक्राउ गरिएको थियो । शान्ति व्यवस्थामा खलल पुर्याएको भन्दै प्रसाईंलाई पक्राउ गरेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime