Skip to content

दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश

nabil bank

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थिति गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रसाईंका छोरा निराजन प्रसाईले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उनलाई उपस्थित गराउन आदेश दिएको हो ।

प्रसाईलाई सोमबार राति प्रहरीले भक्तपुरस्थित निजी निवासबाट पक्राउ गरिएको थियो । शान्ति व्यवस्थामा खलल पुर्याएको भन्दै प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी प्रधान कार्यालय नक्साल, गृह मन्त्रालय सिंहदरबार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई रिटमा विपक्षी बनाइएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime