Skip to content

एनपीएलमा आज पोखरा र सुदूरपश्चिमको खेल हुँदै

nabil bank

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ । खेल टियु क्रिकेट मैदानमा दिउसो ४ बजेदेखि शुरु हुनेछ ।

पहिलो खेलमा पोखरा एभेन्जर्स विराटनगर किंग्ससँग पराजित भएको थियो ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द जस्ता राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यसैगरी दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह जस्ता विदेशी खेलाडीसहित यस सिजनको एनपीएल खेलिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime