Skip to content

श्रीनगर एग्रीटेकको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्च कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेडको सेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको १ करोड ६३ लाख १२ हजार ५०० कित्ता सेयर सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणमा जारी गरेको ३२ लाख ६२ हजार ५०० कित्ता र संस्थापकहरूले लगानी गरेको १ करोड ३० लाख ५० हजार कित्ता गरी कुल १ करोड ६३ लाख १२ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीको सेयर आगामी आइतबारको स्पेसल प्रि–ओपन सेसनमा कारोबार भएपश्चात् नियमित बजारमा कारोबार गर्न सकिनेछ। पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ५९ पैसादेखि ३०१ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा कम्पनीको पहिलो कारोबार हुनेछ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T