Skip to content

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सले आईपीओ ल्याउने

nabil bank

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १५ करोड रुपैयाँको १५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसको बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेकोे छ ।

सेयर निष्काशनका लागि नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको तर्फबाट प्रबन्ध संचालक रमेश कुमार भट्टराई तथा सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सको हाल अधिकृत पुँजी १०० करोड तथा जारी पुँजी ५० करोड रुपैयाँ रहेको छ ।

कम्पनीले गत वर्ष नगद लाभांस वितरण गरि यस वर्ष खुद मुनाफा जगेडा कोषमा सारेको छ । नेटवर्थ सेयरको अंकित मुल्य भन्दा बढी रहेको छ । कम्पनीको अध्यक्षमा पूर्व बैकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime